१४ मंसिर २०८३, आईतवार

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

एसीपी संवाददाता

३० आश्विन २०८०, मंगलवार ०७:५० मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । सोमबार बसेको माओवादी केन्द्र प्रदेश समन्वय समिति बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केदार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।केन्द्रमा गठबन्धनको शीर्ष नेतृत्वबीच कोशीको मुख्यमन्त्री माओवादीलाई दिने सहमति विपरीत शेखर कोइराला समूहका कार्कीसहित ८ सांसदले ‘विद्रोह’ गरेका थिए ।

नेकपा एमालेका ३९ र कांग्रेस शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम राना मगरलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदै छन् । हाम्राकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x