१४ मंसिर २०८३, आईतवार
कांग्रेस केन्द्रिय सदस्य बाल्मिकीले आयोजना गरे शुभकामना आदानप्रदान कार्यक्रम
नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् । नेपालीहरुका महान पर्व बडा दशैं, शुभदीपावली, छठ तथा नेपाल सम्बत ११४४ को अवसरमा उनले शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को व्यवस्थापनमा आज नेपालगञ्जमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा सापकोटा चौधरी, जिल्ला पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत विभिन्न भूमिकामा रहेका नेता कार्यकर्ताको उपस्थिति थियो ।






Subscribe
Login
0 Comments


