३१ जेष्ठ २०८१, बिहीबार

नेपाली सेनाले आज टुँडिखेलमा फुलपाती बढाइँ गर्दै

एसीपी संवाददाता

४ कार्तिक २०८०, शनिबार ०८:२१ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाले पनि आज सैनिक मञ्च टुँडिखेलमा फुलपाती बढाइँ गर्दैछ ।

फुलपाती बढाइँमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि हुने कार्यक्रम छ ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने चलन छ । यस अवसरमा सेनाले परेड प्रस्तुत गर्नुका साथै फुलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।

बडादसैँको सप्तमी अर्थात् फुलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका साथ फुलपाती बढाइँ गर्ने परम्परा छ । गोर्खाबाट ल्याइएको जमरा र फुलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फुलपाती बढाइँ गर्ने गरिन्छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x