१४ मंसिर २०८३, आईतवार
ड्रोन मार्फत नेपालगञ्जको सुरक्षा अनुगमन गरिदैँ
बाँके । बाँकेको नेपालगञ्जमा यस वर्षको दशैंमा ड्रोन मार्फत सुरक्षा व्यवस्थापनमा निग्रानी गरिनेभएको छ ।
दशैंमा सम्भावित हुनसक्ने असुरक्षालाई लक्षित गर्दै बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । प्रहरीले नेपालगञ्जमा ड्रोन क्यामेराबाट सुरक्षा अवलोकन थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए ।
नेपालगञ्जको बिभिन्न भिडभाड हुने स्थानमा प्रहरीले ड्रोन क्यामेराबाट सुरक्षा व्यवस्थापन अवलोकन थालेको हो ।
नयाँ प्रविधिलाई सुरक्षा व्यवस्थापनको प्रयोगमा ल्याउदैँ प्रहरी पुग्न नसक्ने ठाउँमा ड्रोन पुग्न सक्ने भएको हुदाँ आज नेपालगञ्जका विभिन्न स्थानमा परिक्षण गरिएको वडा प्रहरी कार्यालयका ईन्चार्ज एवं प्रहरी निरीषक हरि बहादुर विसिले जानकारी दिए ।
Subscribe
Login
0 Comments


