१४ मंसिर २०८३, आईतवार

काठमाडौं लगायत आसपासको क्षेत्रमा भूकम्प

एसीपी संवाददाता

५ कार्तिक २०८०, आईतवार ०९:३७ मा प्रकाशित

काठमाडौँ — धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५.२ रेक्टर स्केल मापन गरिएको छ ।

नोट : राससबाट प्राप्त सूचनाका आधारमा समाचार अपडेट गरिएको । ईकान्तिपुर 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x