१४ मंसिर २०८०, बिहीबार

इजरायलमा मारिएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

एसीपी संवाददाता

५ कार्तिक २०८०, आईतवार ११:०७ मा प्रकाशित

काठमाडौं । इजरायलमा हमास समुहले गरेको आक्रमणमा मारिएका दस जनामध्ये तीन जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ ।

इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू नेपाल पठाएको हो ।

पहिलो चरणमा नेपाल पठाइएको शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने जनाइएको छ ।

असोज २० गते गाजामा हमास समूहको आक्रमणमा परेर दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । अन्य बाँकी छ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ । शवहरू आइतबारनै नेपाली सेनाको हेलिकप्टरबाट धनगढी लैजाने तयारी गरिएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x