१४ मंसिर २०८०, बिहीबार

दुर्गा प्रसाईलाई भक्तपुरमा ‘प्रवेश निषेध’को घोषणा

एसीपी संवाददाता

६ कार्तिक २०८०, सोमबार ००:३७ मा प्रकाशित

भक्तपुर,  । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले व्यवसायी दुर्गा प्रसाईलाई भक्तपुर प्रवेशमा निषेध गर्ने घोषणा गरेको छ ।

संगठनले आज एक विज्ञप्ती जारी गर्दै काठ बस्तीलाई अपमान हुने गरी व्यवसायी प्रसाईले अभिव्यक्ति दिएको उल्लेख गर्दै संगठनले अराजकताको पराकाष्ट नाघेको भन्दै जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । प्रसाईको घरसमेत भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा पर्दछ । जिल्ला अध्यक्ष रञ्जन खड्काले विज्ञप्ती जारी गर्दै प्रसाईको उक्त अभिव्यक्तिको घोर भत्सना गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘मेडिकल माफिया र बैकबाट १३ अर्व ऋण लिएर ऋण नतिरी राज्यलाई र राज्यकोष माथि दोहन गरि अनेक अराजकता गतिविधि गर्दै आएको मेडिकल माफिया दुर्गा प्रसाईले दिँदै आएको अभिव्यक्ति र उसको काठक्षेत्र माथि निर्मम कटाक्षप्रति नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संगठन भक्तपुर जिल्ला कमिटीले घोर भत्सना गर्दा छ । राज्यको सम्पति माथि दोहन गर्ने अनि राज्यमाथि नै अराजकता गर्दै हिड्ने दुर्गा प्रसाईलाई हामी काठ क्षेत्र भक्तपुरमा निषेध गर्ने छौं ।’

राज्यका अनेकन कोषहरुको दोहन गरी अकुत सम्पत्ती कमाएका प्रसाईले पछिल्लो समय एमाले, एमालेका अध्यक्ष केपी ओली तथा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अपमानित तथा अराजक अभिव्यक्ति दिइरहेको भन्दै जिल्ला प्रवेशमा निषेधको घोषणा गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x