१४ मंसिर २०८३, आईतवार

राष्ट्रपति पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

एसीपी संवाददाता

७ कार्तिक २०८०, मंगलवार ०९:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ ।

आज कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति,प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई राष्ट्रपति पौडेलले टीका लगाइदिनुहुने भएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x