१४ मंसिर २०८०, बिहीबार

सप्तरी कारागारमा रहेका कैदीबन्दीलाई प्रमुख जिल्ला अधिकारीले लगाइदिए टीका

एसीपी संवाददाता

८ कार्तिक २०८०, बुधबार ०८:१४ मा प्रकाशित

राजबिराज   । कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीबन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मङ्गलवार टीका तथा जमरा ग्रहण गरेका छन ।

विभिन्न अपराधमा संलग्न वा आरोपको कारण परिवारबाट टाढिएका कैदीहरूको आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन दुर्गामाताले कृपा गरून् भन्दै प्रजिअ थापाले आशीर्वाद सहित टीका र जमरा लगाईदिएका हुन ।उनले  कैदीहरुलाई   मानवीय संवेदनालाई उजागर गरी आफूभित्रका विकारलाई मानिसले फालेर समाजमा हुने अपराधको ठाउँमा प्रेम र सद्भाव कायम गर्न  आग्रह गरे । प्रमुख जिल्ला अधिकारी थापाले कैदीबन्दीलाई टीका जमरा अर्पण गर्दै दशैको शुभकामना दिएको  कारागार प्रशासन प्रमुख सदानन्द दासले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मातहतको कारागार शाखाको रुपमा रहेको, गृह मन्त्रालय कारागार व्यवस्थापन विभागअन्तर्गत २०५० साउन १ गतेदेखि सप्तरी जिल्ला कारागार सञ्चालनमा आएको हो ।

यसरी ३० वर्षको इतिहासमा पहिलो पटक दसैंमा प्रमुख जिल्ला अधिकारीबाट कैदीबन्दीले टीका थाप्न पाउँदा आफूहरू अत्यन्तै खुशी भएको बताएका छन् ।

दसैंको अन्तिम दिन विजयादशमीको हिन्दु क्यालेन्डरअनुसार टीकाको साइत मानिन्छ । आजको दिनदेखि कोजाग्रत पूर्णिमासम्म हर्षोल्लासको पर्व दसैंमा मान्यजनबाट टीका जमरा लगाएर आशीर्वाद लिने चलन रहँदैआएको छ । नेपाली समाजको विविध संस्कृतिलाई अँगालेर मजबुत राष्ट्रिय एकताको सन्देश जाने प्रमुख जिल्ला अधिकारी थापाले ताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x