१४ मंसिर २०८३, आईतवार

पूर्वसांसद लामासहित ११ जना घाइते , बेथानचोकमा जिप दुर्घटना

एसीपी संवाददाता

१२ कार्तिक २०८०, आईतवार १७:५९ मा प्रकाशित

काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका-१ निगालेमा जिप दुर्घटना हुँदा पूर्वसांसदसहित ११ जना घाइते भएका छन् ।

तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नं को जिप आइतबार दिउँसो २:४० बजेतिर दुर्घटना हुँदा एमालेकी पूर्वसांसद नवीना लामासहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडीमा सवार १८ जनामध्ये ११ जना घाइते भएको र उनीहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेहरुको अवस्था सामान्य छ ।

दुर्घटनामा घाइते हुनेहरुमा काभ्रेको चौरीदेउराली गाउँपालिका-७ की पूर्वसांसद ४० वर्षीया नवीना लामा, स्याङ्जा पुतलीबजार ५ बस्ने ३६ वर्षीया सिर्जना नेपाली, १३ वर्षीय शुभम श्रेष्ठ, ५ वर्षीय सुरज श्रेष्ठ, खानीखोला गाउँपालिका-५ मिल्चेकी ४० वर्षीया रचना मगर, १६ वर्षीया ईन्जिला सोडारी, दोलखा कालिञ्चोक-३ की ३२ वर्षीया मिना श्रेष्ठ, ३५ वर्षीय गोविन्द श्रेष्ठ छन् ।

यस्तै काभ्रेको खानीखोला–६ का ३५ वर्षीय दीपेन्द्र राना, एमाले वाग्मती प्रदेश उपसचिव पाँचखाल नगरपालिका-१२ की ३५ वर्षीया भक्तकुमारी लामा र बेथानचोक–१ का ७४ वर्षीय सिङताङ तामाङ घाइते रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x