नव दुर्गा पुजा , मुर्ति बिसर्जन लगाएत कार्यक्रम शान्ति सदभावमा सम्पन्न भएको भन्दै विभिन्न हस्तिको सम्मान
रिसब सिंह बाडिया , नेपालगन्ज – श्री नवदुर्गा मुर्ति विसर्जन स्वमसेवक विश्व हिंदू परिषद नेपाल ( बाँके ) द्वारा विसर्जन शान्ति पूर्वक संपन्न गरेको भन्दै विभिन्न अगुवा सहित प्रशासनिक निकायको सम्मान गरेको छ । सम्मान कार्यक्रम हंडिया बाबा मन्दिर फ़ुल्टेक्र – ६ मा भएको हो । कार्यक्रममा जिल्ला प्रसाशन कार्यालय बाकेका प्रमुख श्रवण कुमार पोखरेल
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक : सुबास चंद्र बोहरा , वडा प्रहरी कार्यालयका ईन्चार्ज एवं प्रहरी निरीक्षाक हरि बहादुर विसि सहितको सम्मान भएको आयोजकले जनाएको छ । कार्यक्रमका अध्यक्ष मधई सिंह विश्व हिन्दु परिषद् नेपाल, बाँके महिला प्रमुख : कृष्णा देवी पाण्डे विश्व हिन्दु परिषद्- नेपाल, बाँके , सोनू गुप्ता : संयोजक हनुमान चालिसा पाठ, नेपाल, बाँके
सुबास आर्य : संयोजक नव दुर्गा मूर्ति विसर्जन स्वयंसेवक, नेपाल, बाँके सहितको उपस्थिति रहेको थियोे ।



