१४ मंसिर २०८३, आईतवार

विद्युत महसुल बक्यौता रहेका ग्राहकहरुबाट ८ लाख ७८ हजार २ सय ९२ रुपैया संकलन

एसीपी संवाददाता

१३ कार्तिक २०८०, सोमबार ०६:२१ मा प्रकाशित

नेपालगन्ज नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता रहेका ग्राहकहरुबाट ८ लाख ७८ हजार २ सय ९२ रुपैया संकलन गरेको छ ।

११ लाख ८७ हजार ४ सय ६० रुपैयाँ बक्यौता रहेका १ सय ६३ जनाको लाइन अभियानकै रुपमा विच्छेद गर्दा २१ जनाले आइतबार बक्यौता रकम बुझाउँदा सा बराबरका े रकम एकै दिनमा उठेका े हा े ।

रकम संकलन गरी रकम तिर्नेहरुको लाइन पुनः जोड्न प्रकृया बढाएको छ । ६० दिन बक्यौता नतिरेका ग्राहकहरुको लाइन काट्न प्राधिकरणले सार्वजनिक सुचना निकालेर अभियानकै रुपमा बक्यौता असुली शुरू गरेका े छ । टोल टोलमा अडियो सुचनामार्फत जानकारी

गराउँदै बक्यौता भुक्तानी गर्न सार्वजनिक अपिल

गरेपछि नेपालगन्ज वितरण केन्द्र अन्तरगत लामो

समयदेखि महसुल नतिर्ने २० हजार बढी

ग्राहकको लाइन काट्ने अभियान आईतवारबाट नै

थालिएको केन्द्र प्रमुख जगन्नाथ लामिछानेले

जानकारी दिनुभयाे ।

उहाँले आइतबार मात्रै १ सय ६३ जना ग्राहकको लाइन काटेको जनाउँदै यो अभियान सात दिनसम्म जारी रहने बताउनुभयो । लाइन काट्न थालेपछि आइतबार बक्यौता रकम बुझाउन धेरै सङ्ख्यामा ग्राहकहरू वितरण केन्द्र पुगेको प्रमुख लामिछानेले बताउनुभयो ।
उहाँले २० हजार २३० ग्राहकबाट ३७ करोड ९४ लाख ८७ हजार ६११ रुपियाँ असुल गर्न बाँकी रहेको जनाउँदै २४ करोड रुपियाँ सडक बत्ती र १३ करोड बढी अन्य उपभोक्ताको बाँकी रहेको बताउनुभयो ।

प्राधिकरणले यसअघि नै एउटा सार्वजनिक सूचना जारी गरी बाँकेका ८ स्थानीय तहलाई पनि सडक विद्युत बापतको बाँकी विद्युत् महसुल तिर्न ताकेता गरेको छ ।

वितरण केन्द्रका अनुसार बाँकेका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बक्यौता नेपालगन्ज उपमहानगरपालिकाको २० करोड रुपियाँ रहेको छ । बाँकी सातवटा पालिकाले सडक बत्ती बापतको ४ करोड रुपियाँ तिर्न बाँकी रहेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x