अर्थमन्त्री लन्डनमा, लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै
काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदैछन् । जलवायु परिवर्तनको असरबारे बुझ्न उनी सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ ।
आज पोखरामै बस्ने गुटेरेस भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरामा पत्रकार सम्मेलन गरी भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ ।
लुम्बिनीबाट काठमाडौँ फर्किएपछि उनले अपराह्न संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नेछन् । महासचिव गुटेरेस बुधवार स्वदेश फर्किने छन् ।
हिजो नेपाल भ्रमणमा आएका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्री एनपी साउदलगायत दलका नेताहरूसँग राजनीतिक भेटघाट गरिसकेका छन् ।
गुटेरेस प्रधानमन्त्री दाहालले उनको सम्मानमा दिएको रात्रिभोजमा सहभागी भएका थिए ।


