२१ श्रावण २०८३, बिहीबार

एसपीसी सम्झौताका लागि अमेरिकी सरकारकाे दबाब

एसीपी संवाददाता

१४ कार्तिक २०८०, मंगलवार ०९:३२ मा प्रकाशित

काठमाडौं । अमेरिकी सेनाले तयार गरेको स्टेट पार्टनरसिप प्रोग्राम अर्थात (एसपीसी) सम्झौताका लागि दबाब परेको छ । एमसीसीपछि सर्वाधिक विवादमा परेर रोकिएको एसपीसीलाई सम्झौताका लागि पुनः दबाब परेको हो । विगतमा अमेरिकी सैन्य साझेदारीको रुपमा अघि सारिएको प्रस्ताव भएकाले त्यसको व्यापक आलोचना भएको थियो । अहिले त्यसको सम्झौताका लागि अमेरिकी सरकारले दबाब दिएको स्रोतले जनाएको छ ।

त्यसका लागि कात्तिक १० मा कुटनीतिक पासपोर्ट बोकेर अमेरिकी सैन्य अधिकारी जोन हेनरी भोर्नाडन र भनेस्सा भोर्नाडन सहित १२ जनाको टोली कोरियन एयरलाइन्सबाट नेपाल आएको छ । सो टोलीलाई अमेरिकी दूतावासले कूटनीतिक गाडी लिएर रिसिभ गरेको थियो । उनीहरूलाई हाल होटल मेरियटमा राखिएको छ । ‘उनीहरूले एसपीसी मात्र होइन, अनलाइन पाइरेसी ऐनको बारेमा पनि नेपालसँग छलफल गर्न चाहेका छन्’, स्रोतले भन्यो ।

एमसीसीपछि संवाधिक विवादमा परेको बेला ‘स्टेट पार्टनरसिप प्रोग्राम’ अर्थात (एसपीपी) सम्झौता गर्न अमेरिकाले दबाब दिएको थियो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी भइरहँदा यो प्रस्तावित सम्झौता विवादित बनेपछि रोकिएको थियो ।

अमेरिकी सेनाले नेपाली भूमिमा आफ्ना गाडी, जहाज, उनीहरूको अभ्यास तथा ट्रान्जिटका साथै सञ्चार प्रविधि जडान, अमेरिकी सैनिकको बसोवासका लागि नेपालले भूमि उपलब्ध गराउने लगायतका दश बुँदाका सर्त सम्झौतामा उल्लेख गरिएका थिए । जुन सर्तहरू नेपालको असंलग्न परराष्ट्र नीतिको विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

सन् २०१५ मा नेपाललाई प्रस्ताव गरिएको एसपीसी सम्झौतामा हालसम्म नेपालले सहमति जनाएको छैन । तर एमसीसी सम्झौता पारित भएसँगै चिढिएको उत्तरी छिमेकी चीनलाई समेत सशंकित बनाउने गरी एसपीपी सम्झौता गर्न दबाब दिन थालिएको स्रोतले जनाएको छ । नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x