१७ श्रावण २०८३, आईतवार

नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका गर्न नेपाललाई विश्व बैंकको १३ अर्ब ८१ करोड

एसीपी संवाददाता

१६ कार्तिक २०८०, बिहीबार १५:४४ मा प्रकाशित

काठमाडौँ । नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकारलाई विश्व बैंकले १३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आर्थिक सहायता दिने भएको छ । बिहीबार बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान नेपालले पाउने भएको हो ।

नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था(आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानका लागि बिहीबार डिजिटल हस्ताक्षर भएको हो ।

यस सम्झौताहरूका सम्बन्धमा कार्तिक १०, २०८० मा विद्युतीय हस्ताक्षर सम्पन्न भएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो ।
नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन (नेपाल क्वालिटी हेल्थ सिस्टम प्रोग्राम अपरेशन) सम्बन्धी सम्झौताहरूमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा वित्तीय सम्झौता आदानप्रदान भएको हो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x