१३ मंसिर २०८३, शनिबार

अन्जानी माता रसोईले भुक्म्प पीडितका लागि निःशुल्क भोजन दिने

एसीपी संवाददाता

१८ कार्तिक २०८०, शनिबार १६:५२ मा प्रकाशित

अन्जानी माता रसोई संचालक / ब्यापारी जितेन्द्र सिंह ठाकुर

रिसभ सिंह बाडिया , करण बाडिया नेपालगन्ज = नेपालगन्जको भेरी अस्पतालमा संचालित अन्जानी माता रसोईले भुक्म्प पीडितका लागि निःशुल्क भोजन दिने भएको छ ।जाजरकोट र पश्चिम् रुकुममा आएको भुकम्पका कारण १ सय ३९ जनाको मृत्यु भएको छ ।  भुकम्पमा परी घाइतेहरुको थप उपचारका लागि नेपालगन्जको भेरी अस्पताल ल्याईएको छ । घाइते र घाईते परिवारजनहरुलाई निशुल्क भोजन दिने भएको छ । नेपालगन्जमा कोरोना संक्रमणका बेला पनि निशुल्क भोजन प्रदान गरेको हो ।  बिगत ३ बर्ष देखि संचालित रसोईले अन्य दिनमा पनि समान्य शुल्कमा पेट भरी भोजन दिने गरेको हो । नेपालगन्जमा श्री सुन्दर काण्ड मित्र मण्डल नेपालगंजले सुन्दर काण्ड पाठ पनि निशुल्क कार्यक्रम गर्दै आएको हो ।भुकम्पका घाईते भएका बिरामीहरु नेपालगन्ज र सुर्खेतका अस्पतालहरुमा आइरहेका छन, आउने विरामी र कुरुवा तथा भेट्ने आफन्तहरुका लागि अन्जनी माता रसोईमा नि:शुल्क खानाको व्यवस्था गरिएको श्री सुन्दर काण्ड मित्र मण्डलका अध्यक्ष बिनोद कुमार राठिले जनाउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x