२ आश्विन २०८३, शुक्रबार

विसंगति, विकृति र अराजकता फैलाएकाले टिकटक बन्द गरिएको हो : प्रधानमन्त्री प्रचण्ड

एसीपी संवाददाता

२८ कार्तिक २०८०, मंगलवार १०:३८ मा प्रकाशित

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा विसंगति, विकृति र अराजकता फैलाएकाले नेपालमा टिकटक बन्द गरिएको बताएका छन्। मंगलबार बिहान ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृतिलाई के गरी नियन्त्रण गर्ने भन्ने छलफलपश्चात टिकटक बन्द गर्ने निर्णय भएको जानकारी गराएका हुन्।

प्रचण्डले देशभित्रका सत्ता पक्ष र प्रतिपक्ष, सबै राजनीतिक दलसँगको लामो बहसको सहमतिपश्चात बन्द गर्ने निर्णय भएको समेत दाबी गरे। उनले विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने अध्ययन गरेर यस्तो निर्णय गरिएको जानकारी दिए।

उनले भने, ‘सामाजिक सद्‍भाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले बन्द गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु।  यसमा मत बिमती पनि होलान्, तर म प्रधानमन्त्रीको हैसियताले हुँदासम्म नेपाली समाजमा विसंगति, विकृति र अराजकता फैलाउन दिन्नँ। नियमन गर्नेलाई नियमन गर्ने हो। रोक्नेलाई रोकेर जाने हो। केही साथीहरुको चित्त बुझेको छैन। छलफल र बहस हुँदै जाला।’

उनले थुप्रै अफ्यारोका बीचमा सरकारले सामाजिक न्यायको पक्षमा काम गरिरहेको दाबी गरे।

nullप्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपालमा टिकटक नखुल्ने बनाउने निर्णय गरेको थियो। सो विषयलाई लिएर पक्ष/विपक्षमा बहस भइरहेको छ  । अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x