१८ श्रावण २०८३, सोमबार

नेपालले भारत पठायो सबैभन्दा धेरै जस्तापाता, अन्य कुन कति निकासी ?

एसीपी संवाददाता

१ मंसिर २०८०, शुक्रबार ०९:०२ मा प्रकाशित

वैदेशिक व्यापारमा ठूलो हिस्सा ओगटेको भारतमा नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २६ अर्ब २४ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

नेपालबाट तीन महिनाको अवधिमा २६ अर्बको वस्तु निर्यात हुँदा मुख्य ३६ वस्तु मात्रै २१ अर्ब १८ करोड ८० लाख रुपैयाँको भारतमा निर्यात भएको छ ।

उक्त अवधिमा नेपालबाट सबैभन्दा बढी जस्तापाता भारत निर्यात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको तीन महिनाको अवधिमा ३ अर्ब ३६ करोड २५ लाख रुपैयाँको जस्तापाता निर्यात भएको छ ।

नेपालले गत वर्षको सोही अवधिमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको जस्तापाता भारततर्फ निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष जस्तापाताको निर्यात १०५ प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपालले गत आर्थिक वर्षमा ७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ र आव २०७८÷७९ मा २ अर्ब ८४ करोड १७ लाख रुपैयाँको निर्यात गरेको छ । उक्त तथ्याङ्कअनुसार चालु आवमा भारतमा जस्तापाताको निर्यात उच्च भएको देखिन्छ ।

जस्तापातापछि भारतमा तीन महिनाको अवधिमा पोलिस्टर धागो निर्यात गरेको छ । नेपालले सो अवधिमा २ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको पोलिस्टर धागो निर्यात गरेको छ ।

त्यस्तै, २ अर्ब २९ करोड १० लाख रुपैयाँको जुस, १ अर्ब ८९ करोड ८ लाख रुपैयाँको अलैंची, १ अर्ब ८७ करोड ६६ लाख रुपैयाँको पार्किकल बोर्ड १ अर्ब ७३ करोड ७५ लाख रुपैयाँको जुट, १ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको पाम तेल र १ अर्ब १० करोड ९८ लाख रुपैयाँको चिया भारतमा निर्यात गरेको छ ।

त्यसैगरी, नेपालले १९ करोड ३८ लाख रुपैयाँको चोकर, २५ करोड १८ लाख रुपैयाँको कपर वायर रड, १० करोड ५९ लाख रुपैयाँको जीआई पाइप, ३९ करोड २० लाख रुपैयाँको अदुवा, १८ करोड ७९ लाख रुपैयाँको जडीबुटी, ६७ करोड ४१ लाख रुपैयाँको आयुर्वेदिक औषधी, २४ करोड ८४ लाख रुपैयाँको नुडल्स, ७३ करोड ४३ लाख रुपैयाँको आयल केक र २४ करोड ६४ लाख रुपैयाँको रोजिन भारतमा निर्यात गरेको छ ।

साथै, नेपालले तीन महिनाको अवधिमा २२ करोड ६९ लाख रुपैयाँको जुत्ताचप्पल, ६७ करोड ११ लाख रुपैयाँको टेक्सटायल, ५० करोड ५ लाख रुपैयाँको थ्रेड, १७ करोड ७० लाख रुपैयाँको टुपेस्ट, १५ करोड ८१ लाख रुपैयाँको तरकारी र १२ करोड २१ लाख रुपैयाँको तार भारतमा निर्यात गरेको तथ्याङ्कले देखाउँछ ।
त्यसबाहेक नेपालले ५ अर्ब ६ करोड १७ लाख रुपैयाँको अन्य वस्तु निर्यात गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x