६ मंसिर २०८१, बिहीबार

चीनमा देखिएको निमोनियामा ‘नयाँ कारक’ नरहेको चिनियाँ दाबी, डब्लूएचओले माग्यो रिपोर्ट

एसीपी संवाददाता

८ मंसिर २०८०, शुक्रबार १५:५० मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तरी चीनमा बालबालिहरूमा केही समययता धेरै देखिएको निमोनियाका केसमा कुन पनि ‘असामान्य वा नयाँ प्याथेजोन्स (सुक्ष्म किटाणु)’ नदेखिएको चीनले दाबी गरेको बताएको छ ।

बेइजिङले कोभिडका प्रतिबन्धहरू खुकुला गरेसँगै फ्लू जस्ता रोगहरू (सामान्य रूघाखोकी)मा वृद्धि भएको दाबी गरेको छ । डब्लूएचओले भने यस विषयमा चीनसँग थप तथ्यांकहरू उपलब्ध गराउने अनुरोध गरिरहेको बताएको छ । फ्लू जस्तो रोगमा वृद्धि भएसँगै चीनले आफ्ना नागरिकहरूलाई खोप लगाउनुका साथै भिडभाडमा जाँदा मास्क लगाउने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

स्थानीय मिडियाले भने हालैका दिनमा चिनियाँ अस्पतालहरू बिरामीको मात्रा निकै बढिरहेको दाबी गर्दै रिपोर्टहरू प्रेसित गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

बुधबार डब्ल्यूएचओले मिडियामा रिपोर्टहरू र प्रोमेडको हवाला दिँदै ‘विश्वव्यापी प्रकोप निगरानी प्रणाली’मा ‘उत्तरी चीनका बच्चाहरूमा कारण पत्ता नलागेको निमोनियाका केसहरू बढेको उल्लेख गर्दै यसबारे थप जानकारीको लागि चीनलाई अनुरोध गरेको बताएको छ।

चिकित्साशास्त्रको सामान्य भाषामा भन्नु पर्दा निमोनिया भनेको फोक्सोमा संक्रमण वा सुन्निनु हो । यो धेरै प्रकारका भाइरस, ब्याक्टेरिया वा ढुसीका कारण हुनसक्छ।

डब्ल्यूएचओको अनुरोधपछि, चीनको राज्य-सञ्चालित सिन्ह्वा समाचार एजेन्सीले एउटा लेख प्रकाशित गर्दै त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)का अधिकारीहरूलाई उद्धृत गर्दै उनीहरूले श्वासप्रश्वाससम्बन्धी रोग भएका बालबालिकाहरूको निदान र हेरचाहमा ध्यान दिइरहेको उल्लेख गरेको छ । तर, गत अक्टोबरदेखि, उत्तरी चीनमा विगत तीन वर्षको सोही अवधिको तुलनामा इन्फ्लुएन्जा जस्तो रोगमा वृद्धि भएको देखिएको पनि डब्ल्यूएचओले बताएको छ ।

‘यी वृद्धिहरू मध्ये केही ऐतिहासिक रूपमा अनुभव गरिएको भन्दा सिजनको सुरुमा छन्, तर कोभिड-१९ प्रतिबन्धहरू हटाउँदा अप्रत्याशित होइन, जस्तै अन्य देशहरूमा पनि त्यस्तै अनुभव भएको छ,’ डब्लूएचओको विज्ञप्तिमा भनिएको छ। डब्ल्यूएचओले यस स्थितिलाई नजिकबाट निगरानी गरिरहेको र चिनियाँ अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको पनि बताएको छ। ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x