१७ श्रावण २०८३, आईतवार

नेपाल बैंकले भारतको एक्जिम बैंकसँग कारोबार गर्न सहज बनायो

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार ११:२२ मा प्रकाशित

नेपाल बैंक लिमिटेडले वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक्जिम बैंक इन्डियासँग ट्रेड एसिस्टेन्ट प्रोग्राम (टिएपी)अन्तर्गत सम्झौता गरेको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो ।

बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीच चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा बैैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौतासँगै आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी उक्त बैंकसँगको सहकार्यमा आफ्ना ग्राहकको व्यापारिक गतिविधिलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा रहेको बताइन् । नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x