१७ श्रावण २०८३, आईतवार

भारतमा औद्योगिक उत्पादन बढ्यो

एसीपी संवाददाता

३० मंसिर २०८०, शनिबार १०:१८ मा प्रकाशित

काठमाडौँ । औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ ।

यो पछिल्लो १६ महिना यताकै ठूलो हो । मुख्यतया खानी, उत्पादन र विद्युत् क्षेत्रले देखाएको राम्रो कार्यसम्पादनमा वृद्धि भएको हो ।

उपभोगमा आधारित वर्गीकरणअनुसार अक्टोबर महिनामा प्राथमिक वस्तुको परिसूचक १४६.१, पुँजीगत वस्तुमा १०६.९, मध्यवर्ती वस्तुको परिसूचक १५७.८ र पूर्वाधार निर्माणका वस्तुको परिसूचक १७३.९ रहेको मन्त्रालयले जनाएको छ ।

टिकाऊ वस्तुहरू अक्टोबरको लागि क्रमशः १२३.० र १४१.५ रहेको छ । सेप्टेम्बरमा आईआईपीले ५.८ प्रतिशतको वृद्धि भएको जनाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x