३१ भाद्र २०८३, बुधबार

गोर्खा नेप्लिज टेनिस क्लब काठमाडौँमा, मित्रता दर्शाउँदै दार्जलिङसम्म पुग्ने

एसीपी संवाददाता

३० मंसिर २०८०, शनिबार १५:३७ मा प्रकाशित

नेपाल टेनिस संघको सहकार्यमा गोर्खा नेप्लिज टेनिस क्लबले ललितपुरमा मैत्रीपूर्ण खेल खेलेको छ।

मैत्रीपूर्ण खेलका लागि बेलायतमा रहेको नेपाली समुदायद्वारा स्थापित गोर्खा नेप्लिज टेनिस क्लबका सदस्यहरू काठमाडौँ आएका हुन्।

नेपाल-भारत भ्रमणअन्तर्गत क्लबले तीन खेल खेल्नेछ। पहिलो दिनको खेलपछि टोली अब दार्जिलिङ प्रस्थान गर्नेछ। दार्जिलिङपछि टोली पोखरा जानेछ ।

भ्रमणको उद्देश्य नेपाल, दार्जिलिङ र बेलायतका टेनिस संस्थाबीच आपसी मित्रता र अनुभव आदानप्रदान गर्ने रहेको क्लबका महासचिव मेजर सरोज राईले बताए।

टोलीमा पन्च पुन, क्याथरिन लामा, केभिन लामा, राजन फुयाँल, नेइल पुन, हर्क गुरुङ, सुनिता लामा, सरोज राई र पाहुना खेलाडी चान तो फु छन्।

टोलीले दार्जिलिङमा पुस २ गते खेल खेल्ने तालिका छ। त्यसपछि टोली पोखरातर्फ लाग्नेछ। पोखरामा पुस ७ गते खेल्नेछ। रगंशालाभित्रको टेनिस सेन्टरमा मैत्रीपूर्ण खेलपछि टोलीले त्यहीँका अन्य प्रतियोगितामा समेत सहभागिता जनाउने योजना रहेको क्लबले जनाएको छ।

नेपाल-भारत भ्रमणपछि टोली हङकङ तथा स्पेन जाने योजनामा छ। तर त्यसको मिति भने तय भइसकेको छैन।

तस्बिर/भिडिओ : सरोज नेपाल / नेपाल खबरमा प्रकाशित 

 

 

 

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x