१७ श्रावण २०८३, आईतवार

गुजरातमा निर्माण गर्ने परियोजनाहरूका लागि १८.७५ बिलियनको प्रारम्भिक लगानी सम्झौता

एसीपी संवाददाता

१४ पुष २०८०, शनिबार १२:१४ मा प्रकाशित

अहमदावाद । धेरै क्षेत्रहरूका कम्पनीहरूले बुधबार भारतको पश्चिमी राज्य गुजरातमा निर्माण गर्ने परियोजनाहरूका लागि १८.७५ बिलियनको प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताको एक भागको रूपमा वेलस्पन इन्टरप्राइजेजको एक शाखाले ५.११ बिलियन डलर लगानी गर्नेछ। जसले ग्रिन हाइड्रोजन र ग्रिन अमोनिया सुविधाहरू निर्माण गर्न बताइएको छ।

लगानी सम्झौताको यो श्रृ्ंखला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहराज्य गुजरातको द्विवार्षिक लगानी फोरम सुरु गर्नुअघि आएको हो। यस किसिमका सम्झौताबाट प्रधानमन्त्री मोदीले आफ्नो गृह राज्य गुजरातको मुख्य क्षेत्रहरूमा उत्पादन क्षमता बढाउन चाहन्छन्।

अन्य राष्ट्र प्रमुख र व्यापार नेताहरू फोरममा उपस्थित हुने अपेक्षा गरिएको छ।

बुधवार हस्ताक्षर भएका सम्झौताहरूमा राज्य समर्थित आवास तथा सहरी विकास निगमसँग १४५ अर्ब रुपैयाँ (१.७४ अर्ब डलर) ऋण प्रवाह गर्ने र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकसँग २६० अर्ब रुपैयाँको ऋण उपलब्ध गराउने सम्झौताहरू पनि परेका छन्।

गत हप्ता, गुजरातले पनि राज्यमा अवस्थित परियोजनालाई २०२६ सम्ममा स्तरोन्नति गर्न १२५ अर्ब रुपैयाँको स्टिल निर्माता आर्सेलर मित्तल निप्पोन स्टिल इन्डियासँग सम्झौता गरेको थियो।

वेलस्पन, आर्सेलर मित्तल, हाउजिङ एण्ड अर्बन डेभलपमेन्ट र नेशनल बैंकलगायतले भने यसमा कुनै थप टिप्पणी भने गरेनन्।

भारतीय समूह एस्सारले पनि गत हप्ता राज्यमा ऊर्जा संक्रमण, पावर र बन्दरगाह क्षेत्रमा लगभग ५५० अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x