समुदायमा जाऔं, जनताका कुरा सुनौं’ वडाहरु माघ १६ देखि २६ सम्म अभियान अभियानको निरीक्षण गर्दै महामन्त्री गगन थापा रौतहट आउदै
रौतहट, माघ । नेपाली काँग्रेसका महामन्त्री एवं युवा लोकप्रिय नेता गगन थापा ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ वडाहरु माघ १६ देखि २६ सम्म अभियान अभियानको अनुगमन निरीक्षण गर्दै भोली विहिवार बेलुकी आउने र शुक्रवार विहान कार्यक्रम हुने छन् ।
महामन्त्री थापा पूर्वको मेची पुल देखि अनुगमन निरीक्षणको यात्रा सुरु गरेर हुलाकी सड्क हुँदै पश्चिम महाकाली सम्म पुग्ने कार्यक्रम अनुसार भोली बेलुकी आउने र शुक्रवार विहान कार्यक्रम हुने कार्यक्रम निर्धारण गरिएका हुन् ।
‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नेपाली काँग्रेसको निर्णय अनुसार देशभरी नै यो अभियानको थालनी भईसकेको छ । उक्त अभियानमा पार्टी सभापति देखि लिएर पार्टीका जिम्मेवार पदाधिकारीहरु समेत यो अभियानलाई पूर्ण रुपमा सार्थक बनाई जनताहरु प्रति नेपाली काँग्रेसको जवाफदेहिताको बोध गराउदै आउने दिनहरुमा हरेक समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने अयाभिनको रुपमा रहेको छ ।
यसैक्रममा वडाहरु माघ १६ देखि २६ सम्म अभियान वडामा रहेका पार्टी कार्यकर्ता, अन्तरपार्टीका साथीहरु, नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक अन्य सेवाहरु कस्ता कस्ता पाउनुपर्ने हो त्यस बारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने र संगठन बलियो हुने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यस तर्फ आ आफना दायित्वलाई निर्वाह गर्न केन्द्रिय निर्देशन मधेश प्रदेशमा अभियान सुरु भएर नागकिरका विचमा पुग्दे गुनासाहरु सुन्ने कामहरु जारी रहेको नेका मधेशप्रदेश प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
पार्टीले निर्धारण गरेको मापदण्ड अनुरुप अभियानलाई सफल पार्न महामन्त्री थापा स्वयंम अनुगमन निरीक्षणको गर्दै भोली बेलुकी आउने र शुक्रवार विहान कार्यक्रम हुने छ । रौतहटको दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा विहान ७.३० बजे देखि ९ बजे सम्म अन्तरक्रिया कार्यक्रम हुने भएकोमा सम्पूर्ण न्याय प्रेमी जनताहरुको साथै समाजसेवी, बुद्धिजीवि, नागरिक अगुवा लगायतका सरोकारवाला सबै जना उपस्थित भई आ आफना गुनासा एवं सुझावहरु राख्न विभागीय प्रमुख गुप्ताले अपिल गरे ।
कार्यक्रम सेडुल