१८ श्रावण २०८३, सोमबार

चिनियाँ अरबपति बैंकर बाओ फ्यानले कम्पनीका सबै पदबाट दिए राजीनामा

एसीपी संवाददाता

२१ माघ २०८०, आईतवार ०७:३५ मा प्रकाशित

बेइजिङ । चीनका चर्चित अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो लगानी कम्पनीबाट राजीनामा दिएका छन् । बाओले चाइना रेनेसा होल्डिङ्सको प्रमुख पदबाट राजीनामा दिएका हुन् ।   चाइना रेनेसा होल्डिङ्सले पनि यो खबरको पुष्टि गरेको छ । बाओले ‘स्वास्थ्य र पारिवारिक कारण’ देखाउँदै प्रमुख कार्यकारी अधिकारी र अध्यक्षको पदबाट हट्ने बताएको कम्पनीको भनाई छ । राजीनामा शुक्रबार देखि नै लागू भएको बताइएको छ ।

चाइना रेनेसा होल्डिङ्स बाओ फ्यानले स्थापना गरेको कम्पनी हो । यो कम्पनीले मुख्यतः लगानी बैंकिङको कारोबार गर्ने गरेको छ । गत वर्ष फेब्रुअरीमा बाओ अचानक ‘बेपत्ता’ भएका थिए । त्यसयता उनी सार्वजनिक स्थल वा कार्यक्रमहरुमा देखिएका थिएनन् । उनको अत्तोपत्तो थिएन । उनी ठिक्क त्यही बेला गायब भए जति बेला चीन सरकारले वित्तीय सेवा कम्पनीहरूविरुद्ध घूसखोरीको आरोपमा अनुसन्धान सुरु गर्‍यो । सरकारले गरेको यो कारबाहीमा चीनका धेरै व्यापारीहरु मुछिएका थिए

बाओ बेपत्ता भएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुमा समेत एकपछि अर्को गर्दै समाचार आउन थालेपछि चाइना रेनेसा होल्डिङ्सले एउटा विज्ञप्ति जारी गर्दै बाओले सरकारी अधिकारीलाई अनुसन्धानमा सहयोग गरिरहेको ।

चीनको वित्तीय प्रविधि क्षेत्र फष्टाउनुमा बाओको पनि ठूलो भूमिका खेलेको मानिन्छ । आफ्नो लामो बैंकिङ करियरमा बाओले मोर्गन स्ट्यान्ली र क्रेडिट सुसी जस्ता बैंकहरुमा काम गरेका थिए । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x