भारतमा नेपाली कलाकारको सम्मान , नेपाली हुनु मा गर्ब महसुस हुन्छ
https://www.facebook.com/share/v/9ao6N98EzZqyjV1V/?mibextid=qi2Omg भारतको हरियाणा स्थित Pray For India नामक संस्थाले आयोजना गरेको Incredible India Award मा नेपालको तर्फबाट प्रतिनिधि गरेकी छु । विश्वभरिमा सामाजिक कामको मुल्याङकन गर्दै सम्मान गर्ने कार्यक्रममा मेरो नाम नेपालबाट परेको थियो ।आज यो विश्व मञ्चमा नेपालको तर्फबाट मेरो नाम परेकोले म खुशी साथै सम्पुर्ण मेरो सहयोगी आयोजक टिम प्रति हार्दिक धन्यवाद । मेरो नेपाली आमाबुवा दाजुभाई दिदिबहिनी साथीभाई मेरो शुभचिन्तक हरूले गर्व गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । अरू देशको सामु मेरो देश नेपालको झण्डा सहित उभिदा साच्चै नै मेरो शिर संसारको अग्लो चुचुरो सगरमाथा झै भएको थियो । बिभिन्न जात धर्म , कला र सत्य , सेवाको देश हो नेपाल भनेर मैले भनेकी छु । यहाँ एकअर्काको सहयोग गर्नु नै मान्छेले मानविय धर्म हो भनेर बुज्छन् भनेकी छु । कार्यक्रममा उपस्थित सबै जानाले नेपालको प्रशंसा गर्नुभएको थियो । यो खुशी सायद मेरो मुहारमा झल्कीएको छ नेपाल र नेपालीको प्रशंसा गरेर थाक्नुभएन वहाँहरू मैले पनि गम्भिर भई आँखाभरि आँशु पारेर आफ्नो देशको गुनगान सुनिरहे । साँच्चै यो क्षण मेरो लागि अविस्मरणीय रह्यो । धन्यवाद सबै देश बाट आउनु भएको क्षमतावान ब्यतित्त्वहरु लाई मिठो स्वागत र सम्मानको लागि म र मेरो देश नेपालको तर्फबाट फेरि पनि धन्यवाद दिन चाहान्छु तपाईहरु माया साथ सपोट सहयोगी अझै यस्तै पाई रहने छु भन्ने आशा गरेकी छु माया थामीले समाजिक सन्जालमा पोस्ट गरेकी छ्न ।


