२१ कार्तिक २०८३, शुक्रबार

सामाजिक कामबाट नेपाललाई विश्व सामु चिनाईन माया थामीले , दिनदुखीको अभिभावक भन्दै भारतले गर्यो सम्मान

एसीपी संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार १९:५५ मा प्रकाशित

माया थामी  –  सबैभन्दा सुरुमा त मलाई यो सम्मानको लागि जानकारी प्राप्त गर्दा मलाई विश्वास नै लागेको थिएन । के म जस्तो दिनदुखीहरूलाई सेवा गर्ने भुईमान्छेहरूको साहारा बन्ने व्यक्तिलाई कसैले सम्मान गर्ला र ? किनकी मैले यो कुनै सम्मान पाउनलाई वा पाउँछु भनेर गरेको पनि होईन ।  नेपालमा गरेको कर्मलाई के विश्वले मुल्याङकन गरेको होला र भन्ने कुरा पनि मनमा आयो तर केहि दिनपछि मलाई आधिकारिक संस्थाबाट आमन्त्रण पत्र आएपछि मात्र मैले विश्वास गरे । अनि मलाई लाग्यो त्यो समयमा समाजको सेवकहरूको लागि यो विश्व घर रहेछ र यो विश्वमा बस्ने जति मानिस छौं हामी सबै त्यो घरमा बस्ने परिवार हौं ।

यो मेरो लागि पहिलो अन्तराष्ट्रिय मंचमा सम्मानित हुने कार्यक्रम थियो । 

जीवनको पहिलो पटक भनेपछि एकदमै खास र सफलताको बढि आश हुन्छ । यो एउटा प्रतियोगिता सम्मान मात्र थिएन , देश देश बिचको संस्कृतिलाई एक अर्कामा सेयर गर्ने राम्रो थलो थियो , मैले नेपालको संस्कृतिलाई धेरै देशसामु चिनाउन सके यो नै मेरो सफलता हो ।

भारतमा नेपाली कलाकारलाई सम्मान गर्नु भनेको देशको सम्मान भएको अनुभुति भयो ।

यसमा खुशी छु । सुरूमा त कस्तो होला के होला भनेर डर थियो तर जब आफ्नो प्रस्तुती दिए त्यसपछि सबैले राम्रो प्रतिक्रिया दिनुभयो Incredible India Award जस्तो प्रतिष्ठित अन्तराष्ट्रिय मंचमा प्रस्तुत हुन पाउँदा आफुलाई नेपाली हुनु मा अझै बढी गर्व महशुस भएको छ । यो मेरो लागि मात्र नभएर सबै नेपालीको लागि हो ।  यो सम्मानले सानो सानो कुरामा पनि खुशी हुने हामी नेपाल र नेपालीलाई अझै खुशी थपिदिने महशुस गरेकी छु ।    मेरो शुभचिन्तक तथा परिवार आफन्त ईष्टमित्र र सम्पुर्ण नेपालीहरूले हौशला माया र प्रेम अझै मलाई खुशी दिनु भएको छ । यो सम्मान मैले मात्र नभएर सिङ्गो देशले पाएको अनुभव मलाई भएको छ । यो हौसलालाई मायाका साथ अगाडि बढाउनेछु । मैले पाएको सम्मान मैले व्यक्तिगत भन्दा पनि देशलाई सबै हामी नेपाली हरुलाई समर्पण गर्न चाहन्छु । यो मेरो सम्मान मलाई भन्दा पनि पहिलो मेरो राष्ट्रलाई हो ।

यो सम्मान पाउनको लागि मैले गरेको कर्ममा मलाई सहयोग र हौसला प्राप्त भएको थियो र अझैपनि छ । सबैलाई अरूको भलो चिताउने र अरूको दुखको आशुलाई पुछ्ने कर्म गर्नुपर्छ हामीले गरेको कर्म भगवानले हेरिरहेको हुनुहुनेछ भन्ने सन्देश दिन चाहन्छु । मरेपछि स्वर्ग जान पाऊ भनि भगवान पुकार्ने हामी मानिसले अहिले यही जुनिमा बाँचुन्जेल राम्रो सत्य कर्म गर्नुपर्दछ भन्न चाहन्छु । मैले पाएको ज्ञान र मैले मेरो जिवनबाट पाएको अनुभवहरू यी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x