२१ बैशाख २०८३, सोमबार

चिनियाँ सुरक्षाकर्मीको गिरफ्तारीमा परेका दुई नेपाली युवकको अवस्था एक महिनादेखि अज्ञात

एसीपी संवाददाता

१ असार २०८१, शुक्रबार ००:११ मा प्रकाशित

काठमाडौं। चिनियाँ प्रहरीले नेपालीमाथि ज्यादती गरेको खुलासा भएको छ। चिनियाँ प्रहरीले दुई नेपाली नागरिकलाई तिब्बत बोलाएर गिरफ्तार गरेको पाइएपछि संसदमा आवाज उठेको छ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रतिनिधिसभा बैठकमा यसको खुलासा गरेका हुन्। उनका अनुसार गोरखा जिल्लाका दुई नेपाली नागरिकलाई चिनियाँ प्रहरीले गिरफ्तार गरेको हो।

गोरखाको चुमनुब्री गाउँपालिका ७ का राप्के लामा र कर्मा छेदेन लामालाई चिनियाँ प्रहरीले एक महिना अघि गिरफ्तार गरेको हो। उनीहरुको अवस्थाबारे अझै अज्ञात छ। गोरखाका सांसद रहेका बजगाईँले भने,‘करिब डेढ महिना पहिला तिब्बतबाट फोन आयो । र, तिब्बतीयनहरूलाई फोन गराइएको रहेछ चीन प्रशासनले उहाँहरूलाई तिब्बततिर आउन भनियो र राप्के लामा र कर्मा छेदेन लामा जानुभयो । र, पक्राउ गरे । यो हाम्रो सरकारलाई जानकारी छैन । उहाँहरूको अवस्था कस्तो छ, कुन परिस्थितिमा जीवन गुज्रिरहेको छ । ज्यूँदै हुनुहुन्छ कि थाहा छैन । यसबारे सरकारले के पहल गर्ने हो ? म परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’

तिब्बतीलाई भाग्न सहयोग गरेको आरोपमा नेपाली युवकलाई पक्राउ गरिएको बुझिएको छ। ती युवाहरुलाई डेढ महिना अघि एक फोन आएको थियो, जुन फोन तिब्बतीले गरेका थिए। तिब्बती अधिकारीले बोलाएर गिरफ्तार गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x