२१ बैशाख २०८३, सोमबार

विवाहका नाममा नेपाली बालिकाको चीनमा तस्करी, एक चिनियाँसहित तीन पक्राउ

एसीपी संवाददाता

३२ श्रावण २०८१, शुक्रबार १०:५५ मा प्रकाशित

विवाहका नाममा नेपाली बालिकाको चीनमा तस्करी हुने गरेको पाइएको छ। यसरी चीनमा तस्करी गर्नेमा चिनियाँ र नेपाली नागरिक पनि रहेका छन्।
१४ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर राखेको आरोपमा कास्की प्रहरीले एक चिनियाँ नागरिक र दुई नेपालीलाई पक्राउ गरेको छ । हुनान प्रान्तका चिनियाँ नागरिक ३१ वर्षीय सी मेङ चेनलाई प्रहरीले पक्राउ गरेको हो।
उनी पोखराको लेकसाइडमा रहेको मिराकल होटलमा बस्दै आएका थिए। चिनियाँ नागरिकसँग ति नाबालिगको भेट दुई नेपाली नागरिकले गराइदिएका थिए।
लमजुङ साबिक भोजे हाल पोखरा १६ संगमटोल बस्ने २२ वर्षीया सरु बिक र पोखरा २० आर्वा बस्ने ३४ की भगवती अधिकारीलाई पनि पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।
ती बालिकालाई चिनियाँ नागरिकसँग विहे पनि गराइदिइएको थियो। विहेपछि चिनियाँ नागरिकले नाबालिगलाई होटल मिराकलमा बन्धक बनाइ राखेका थिए।
बन्धक बनाएर राखेकै बेला नाबालिग भागेकी थिइन्। पीडितकी आमाले साउन २९ गते पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाइ–फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाइ राखेको जिकिरसहित उजुरी दिएपछि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरेको हो। सिधार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x