राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब एमबीबीएस अध्ययन सुरु
नेपालगञ्ज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब एमबीबीएस अध्ययन सुरु हुने भएको छ ।
प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ ।
मन्त्रालयले ५ करोड विनियोजन गरेपनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ शुरु गर्न सकिएको थिएन । ‘मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो,’ मन्त्रीको सचिवालयका एक कर्मचारी भने ।
२७ साउनमा आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरू गर्ने घोषणा गर्नुभएको थियो ।
अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ ।
जसमा ७५ प्रतिशत विद्यार्थीले सरकारी छात्रवृत्ति प्राप्त गर्नेछन् । सरकारी छात्रवृत्तिका लागि चाहिने बजेट अर्थले सुनिश्चित गरेपछि एमबीबीएस अध्ययन अध्यापनको बाटो खुलेको हो ।