भारत बैङ्लौरमा नेपाली तिज महोत्सव , राष्ट्रिय कलाकारहरु को प्रस्तुति
काठमाडौं – हरितालिका तीज विशेष कार्यक्रमको आयोजना भारतको बेङ्लोरमा विभिन्न नेपाली राष्ट्रिय कलाकार हरुको प्रस्तुति हुने भएको छ । नेपाली सास्कृतिक रंग मंच भारत ले विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाली महिलाहरुको माहन चाड हरितालिका तिज को अवसरमा भारतको विभिन्न स्थानहरुमा जहाँ नेपाली भासी समुदायको उल्लेखनीय उपस्थिति रहेको ठाँउमा नेपाली कला , गित संगीतको माध्यमले नेपालीहरुलाई जोडने प्रयास रहेको कलाकार निशु शेरपालीबताईन ।
उक्त कार्यक्रममा नेपाल देखी राष्ट्रिय कलाकार हरु को विशेष उपस्थिति रहनेछ साथै बेङ्लोर का कलाकार हरुको पनि उपस्थिति रहने छ त्यसैले सम्पुर्ण प्रवासी नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुलाइ 25 august आईतवार का दिन बैङ्लौन बस्ने सम्पूर्ण तीज विशेष कार्यक्रममा उपस्थित हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
यो सङै गोवा पनि तिज विशेष कार्यक्रमको प्रस्तुति हुने आयोअजकले जनाएको छ । नेपाली कला संस्क्रीती लाई बिश्व सामु चिनाउने यो एउटा् माध्यम पनि हो ।


