१३ असार २०८३, शनिबार

भारतको दार्जिलिङमा पुर्व प्रदेश सांसदसहित ८ नेपाली सम्मानित

एसीपी संवाददाता

२६ भाद्र २०८१, बुधबार ०६:५१ मा प्रकाशित

भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ । आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण्डो नेपाल फ्रेन्डशिप पुरस्कारसहित सम्मानित गरिएको हो ।

महानंद सरकारको अध्यक्षता तथा ग्लोबल ह्युमन राइट प्रोटेक्शन फाउंडेशन रिसर्च इन्स्टिच्युटद्वारा आयोजित पुरस्कार समारोहको प्रमुख अतिथिमा समाजसेवी अशोक अग्रवाल रहेका थिए । उक्त अवसरमा प्रमुख अतिथि अग्रवालले ग्लोबल ह्युमन राइट प्रोटेक्शन फाउन्डेशन समाजको विभिन्न क्षेत्रमा काम गरिरहेको बताएका थिए ।

फाउन्डेसन मानव अधिकार, महिला माथी अत्याचार, कोविडको संकटको समयमा मानवीय सेवा प्रदान गरेको थियो ।

इण्डो-नेपाल फ्रेण्डशिप पुरस्कार जनकपुरका पत्रकार मिश्री लाल मधुकर, पूर्व प्रदेश सांसद नेत्र बिक्रम साह, महिला नेत्री तथा समाज सेविका सुनीता साह (क्रान्ति) डाक्टर नवल किशोर साह, डाक्टर अनिशा अछामी, युवा अभियन्ता समोद कुमार साह, समाजसेवी कामेश्वर साह, महमद अनवर अली लाई प्रशंसा पत्र,मेडल प्रदान गर्नुका साथै खाँदा ओढाएर सम्मानित गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x