रुपैडिहास्थित लर्ड बुद्ध पीजी कलेजमा ‘भारत–नेपाल मैत्री महोत्सव’ सम्पन्न
सन्तोष शुल्ला रुपैडिहा , बाँके – नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले संस्कृति विभागले रुपैडिहास्थित लर्ड बुद्ध पीजी कलेजमा ‘भारत–नेपाल मैत्री महोत्सव’ सम्पन्न भएको छ ।
महोत्सवमा भारत र नेपालका कलाकारहरुले लोकगीत, नृत्य र सांस्कृतिक प्रस्तुति रहेको थियो । सांस्कृतिक वेशभूषा प्रदर्शन, भारत-नेपाल फ्युजन ब्यान्ड शो, रघुनन्दन र समुद्रमन्थनम जस्ता परम्परागत नृत्यको प्रस्तुति र तस्बिर प्रदर्शनी समेत आयोजना गरिएको थियो । नेपाल र भारतबीचको मित्रता र सहयोगको एक उदाहरणीय सम्बन्ध रहेको हो । नेपाल भारत मैत्री सम्बन्धमा दुई देशको सांस्कृतिक पहिचान र विविधता आदानप्रदान भएको थियो, जसले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँम्र आशा गरिएको छ ।
नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले संस्कृति विभागले लर्ड बुद्ध पीजी कलेज रुपैडिहामा आयोजना गरेको ‘भारत–नेपाल मैत्री महोत्सव’ कार्यक्रममा दुवै देशका पदाधिकारी, कलाकार तथा समाजका विभिन्न वर्गका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
महोत्सवमा भारत र नेपालका कलाकारहरुले लोकगीत, नृत्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सांस्कृतिक वेशभूषा प्रदर्शन, भारत-नेपाल फ्युजन ब्यान्ड शो, रघुनन्दन र समुद्रमन्थनम जस्ता परम्परागत नृत्यको प्रस्तुति र तस्बिर प्रदर्शनी समेत आयोजना गरिएको थियो । यो पर्वले नेपाल र भारतबीचको मित्रता र सहयोगको उदाहरण बनाउँछ । उक्त कार्यक्रममा दुवै देशका पदाधिकारी, कलाकार , पत्रकार ब्यापारी तथा समाजका विभिन्न वर्गका व्यक्तिहरुको उपस्थिति रहेको थियो र सांस्कृतिक कार्यक्रमको प्रशंसा गरेका थियोे ।




