३२ असार २०८३, बिहीबार

अब फेसबुक-टिकटक बन्द हुने? सरकारले दियो ३० दिने चेतावनी!

एसीपी संवाददाता

८ चैत्र २०८१, शनिबार २१:१३ मा प्रकाशित

काठमाडौं – सरकारले सामाजिक सञ्जाल नियमनलाई कडा बनाउने तयारी गर्दै फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, एक्सलगायतका प्लेटफर्मलाई ३० दिनभित्र अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सञ्चालनका लागि सूचीकरण गराउन, स्थानीय सम्पर्क व्यक्ति तोक्न, गुनासो व्यवस्थापन अधिकारी राख्न र स्वःनियमन निगरानी संयन्त्र लागू गर्न चेतावनी दिएको छ। तोकिएको समयभित्र दर्ता नभए नेपालमा सञ्चालन रोक्ने मन्त्रालयको सूचनामा उल्लेख छ।

सामाजिक सञ्जाल निर्देशिकाअनुसार, कुनै पनि प्लेटफर्मले नेपालमा सेवा दिन मन्त्रालयमा आधिकारिक रूपमा दर्ता हुनुपर्नेछ। अहिलेसम्म भाइबर, टिकटक र विटोक मात्र सूचीकरण भएका छन्। बाँकी प्लेटफर्मले ३० दिनभित्र आवश्यक प्रक्रिया पूरा नगरे सरकारले प्रतिबन्ध लगाउने सम्भावना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x