भारतको कश्मिर घटेको घटनाको मुस्लिम युवा संघद्वारा घोर निन्दा र भर्त्सना
नुर मोहम्मद अन्सारी – आतंकवादीहरु को हमलामा जुन घटना भारतको कश्मिर घट्यो उक्त घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछु । आतंकवादीको कुनै घर्म र जात हुदैन भन्ने उदाहरण चाहे त्यो महात्मा गान्धी, इन्दिरा गान्धी, बेनजिर भुटु, राजा विरेन्द्रको वंश नास, राजिव गान्धीका हत्यारा हुन वा अहिले जम्मू-कश्मीरमा भएको आतंकवादी आक्रमणमा १ जना नेपाली नागरिक र मुस्लिम समुदायका १ जना सहित करिब २८ जना निर्दोष व्यक्तिको दुःखद निधन भएको समाचारले सम्पूर्ण मानवजातिलाई स्तब्ध बनाएको छ । मृत्युप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
यस संवेदनशील घडीमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नु अत्यावश्यक छ । तर दुर्भाग्यवश, राप्रपा सांसद श्री ज्ञानेन्द्र शाहीवाट मुस्लिम समुदायप्रति सार्वजनिक रुपमा गरिएको अपमानजनक, तुच्छ र द्वेषपूर्ण अभिव्यक्तिले सम्पूर्ण देशका शान्तिप्रिय नागरिकहरूको मन दुखाएको छ ।
उनको अभिव्यक्तिले मुस्लिम आयोग, हज समिति, मक्का मदिना हज र सम्पूर्ण मुस्लिम समुदायलाई लक्षित गरी धार्मिक विभाजन र द्वन्द्व फैलाउने प्रयास देखिएको छ, जुन नेपालको धर्मनिरपेक्षता, सहिष्णुता र लोकतान्त्रिक मूल्यविपरीत छ ।
हामी सांसद ज्ञानेन्द्र शाहीको यस्तो अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दछौं र सम्बन्धित निकायसँग कानुनी कारबाहीको माग गर्दछौं। साथै, सबै नागरिकहरूलाई धार्मिक सद्भाव कायम राख्न संयमित रहन र एकतामा दृढ रहन आह्वान गर्दछौं ।
“सबै धर्म, एउटै सम्मान ।”


