१३ असार २०८३, शनिबार
नेपालगञ्जमा गुलज़ार-ए-अदबद्वारा ५६६औँ श्रृंखलाको ‘तरही गजल गोष्ठी’ सम्पन्न हुने
नेपालगञ्ज, बैशाख २७ – गुलज़ार-ए-अदब, नेपालगञ्जद्वारा आयोजना गरिँदै आएको नियमित मासिक ‘तरही गजल गोष्ठी’को ५६६औँ श्रृंखला आगामी शनिबार, २०८२ बैशाख २७ गते बिहान ११:३० बजे सम्पन्न हुने भएको छ।
उक्त गोष्ठी महेन्द्र पुस्तकालय, नेपालगञ्जमा आयोजना हुनेछ। आयोजक संस्थाका अनुसार, यसपटक गजलकारहरूलाई दिइएको मिसरा-ए-तरह (गजलको पंक्तिको आधार) हो — “वो लफ़्ज़-ए-मोहब्बत ही किया करता है”। उक्त मिसरामा ‘दिया, लिया, कहा’ काफिया तथा ‘करता है’ रदीफ प्रयोग गरिनेछ।
कार्यक्रम सबै साहित्यप्रेमी र गजलकारहरूका लागि खुला आमन्त्रणसहित आयोजना गरिँदैछ। गुलज़ार-ए-अदबले नेपाली उर्दू साहित्य तथा गजललाई प्रोत्साहन गर्दै दशकोंदेखि नियमितरूपमा यस्तो साहित्यिक वातावरण सिर्जना गरिरहेको छ।
थप जानकारीका लागि आयोजक संस्थाका सम्पर्क नम्बर ९८४८०२३९९७ र ९८४८०६७६३४ मा सम्पर्क गर्न सकिनेछ।
Subscribe
Login
0 Comments



