१७ भाद्र २०८३, बुधबार

विवादका बाबजुद चौधरी बने मन्त्री

एसीपी संवाददाता

६ जेष्ठ २०८२, सोमबार ०६:३७ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरी मन्त्री बनेका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री चौधरीले आइतबार (आज) साँझ पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरिसकेका छन्।

उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका हुन्। पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त मन्त्री चौधरीले सुदूरपश्चिम कृषि क्षेत्रपछि पर्यापर्यटनको प्रचार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गरेका छन्।

उनी पार्टीभित्रको विवादका बाबजुद मन्त्री बनेका हुन्। केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले भने उनको नभई अर्का सांसद कैलाश चौधरीको नाम सिफारिस गरेकी थिइन्।

मन्त्री नियुक्त रामेश्वर चौधरी पार्टी संरक्षक रेशम चौधरी निकट मानिन्छन्। प्रदेश संसदीय दलको बैठकले कैलाश चौधरीको नाम नभई रामेश्वर चौधरीको नाम सिफारिस गर्‍यो।

यसपछि अर्का सांसद खुसीराम डगौरा थारुले मुख्यमन्त्री कमलबहादुर शाहलाई रामेश्वरको शपथ रोक्न पत्राचार गरेका छन्। यो विषयले रेशम चौधरी र रञ्जिता श्रेष्ठका बीचमा पुन: विवाद आएको बताइन्छ।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x