३२ असार २०८३, बिहीबार

पत्रकार डा. डक्ट धितालको जीवन निकै प्रेणादायी रहेको छ ।

एसीपी संवाददाता

५ असार २०८२, बिहीबार १९:२० मा प्रकाशित

डा. धितालको जन्म जुम्ला जिल्लाको सिँजा गाउँपालिका–३, धिताल लिँही गाउँमा भएको हो । हिमाली विकटता, सीमित सुविधा र कठोर जीवनशैलीबीच हुर्किएर पनि उहाँको मनमा शिक्षा, चेतना र सेवाको जरो गहिरो छ । सानै देखि मिहिनेती र पौरखी भएको डा. धितालका बुबा दिपनाथ धिताल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,´ मेरो छोरो सानै देखि निकै सिन्सियर थियो । ´सबै कुरामा अब्बल छ मेरो बाबु, सानैमा हलो जोत्न देखि घाँस काट्न समेतका काम गर्न कहिल्यै पछि परेन` दिपनाथले थप्नु भयो । यस्तै यस्तै चेतनाको जगमा उहाँले आफ्नो जीवनलाई सिर्जनात्मक र सामाजिक रूपान्तरणको मिशन बनाएर अगाडि बढ्नुभयो। समाजको आँखामा हल्दा पनि नविझाउने डा. धितालले गाउँ समाजमा कहिल्यै पनि अर्गेलो काम नगरेको उहाँका दौँतरीहरु बताउछन् ।

उहाँको शैक्षिक यात्रा साधारण छैन । गाउँ कै तत्कालीन फुटाशीली प्रथामिक विद्यालयबाट अध्याय सुरु गर्नु भएका डा. धिताल विद्यालयमा मध्यम वर्गका विद्यार्थीका रुपमा चिनिनु हुन्थ्यो । आफ्नो अध्यायन यत्रालाई डा. धितालले अहिलेसम्म स्थगित गर्नुभएको छैन । अध्यायन निरन्तरताले डा. धिताललाई सफल बनाएको अनुभव स्वयं डा. धितालको छ । हाइस्कुल पछिको अध्ययन डा. धितालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जलाई केन्द्रित बनाउनु भयो । उहाँका अधिकांश डिग्री महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका छन् । भारतका विभिन्न विश्वविद्यालय मेघालय, हिमांचल, तमिलनाडु लगायतका ठाउँमा पनि उहाँले आफ्नो अध्यायनको केन्द्र बनाएको बताउनु हुन्छ । बि एड., एल.एल.बी प्राप्त गर्नुका साथै नेपाली, पत्रकारिता, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ डा. धितालले । पत्रकारितामै विद्यावारिधी (PHD) गर्नु उहाँको पेशागत दृढता र गहन अध्ययनको प्रमाण हो। यो स्तरको अध्ययनले उहाँलाई पत्रकारिता क्षेत्रमा केवल व्यावसायिक नभई, एक विद्वान, विश्लेषक र गहिरा विषयवस्तुमा दृष्टिकोण दिने नेतृत्वको रूपमा स्थापित गराएको छ । हो त्यसरी नै डा. धितालले आफूलाई स्थापित गर्नुभएको छ । डा. धिताल बताउनु हुन्छ,´ बुबाले डक्ट नाम राखिदिएपछि आफूलाई विध्यावारिदी गर्न झनै चुनौती थपियो । बुबाको दुरदृष्टि र आमाको श्रमका साथै मेरा आत्मिक गुरु के. बि. बसले, शुसिला बसेलको उत्साह अनि हौसलाका कारण यो अवस्थासम्म आइपुगेको छु ।`

२०५७ सालमा कर्णाली को सन्देश साप्ताहिकमा कलम चलाउन थाल्नु भएका डा. धिताल पत्रकार क्षेत्रका पश्चिम क्षेत्रकै नक्षेत्रका रुपमा उदाउनु भयो । निरन्तर खोजमूलक पत्रकारितामा सक्रिय रहँदै आउनु भएका डा. धितालले सत्य, न्याय र जनस्वरलाई बुलन्द बनाउने कार्य गर्दै आउनुभएको छ। उहाँ हाल रेडियो मर्निङ स्टार ९० मेगाहर्जका स्टेशन म्यानेजर हुनुहुन्छ भने गुडन्युज खबर डटकम र गुडन्युज साप्ताहिकका सम्पादकको रूपमा पनि सञ्चार जगतमा उहाँको विशिष्ट उपस्थिति छ । पत्रकारिता क्षेत्रमा दर्जनौ पत्रकार उत्पादन गर्न सफल पत्रकार डा. धितालको प्रेणादायी जिवनले धेरै पत्रकारहरुले उर्जा पाउने गरेको बताइन्छ । हँसिलो मिजास हुनुभएका डा. धितालले पत्रकारलाई मात्र नभएर जोसुकैलाई उत्साह दिने गरेको उदाहरण पत्रकार गजेन्द्र गुरुङ बताउनु हुन्छ । सयौँ पत्रकार उत्पादनमा आफ्नो अमुल्य समय लगाउने डा. धितालका अधिकांश समय प्रशिक्षण मै वित्ने गरेको उहाँ बताउनु हुन्छ ।

पत्रकारिताका एक अब्बल व्यक्तित्व डा. धितालको संगठनमा प्रभावशाली यात्रा उल्लेखनीय छ। प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्षको रूपमा दुई कार्यकाल नेतृत्व गर्नुभएको थियो । संगठनलाई झोला देखि उठाएर प्रतिस्पर्धी संगठनको रुपमा उभ्याउनु भएको प्रेस सेन्टर नेपालका नेता दिपेन्द्र धिताल बताउनु हुन्छ । जब प्रेस चौतारी र प्रेस सेन्टरको एकता भएर प्रेस संगठन नेपाल गठन भयो, त्यसबेला उहाँले बाँके संयोजकको जिम्मेवारी सम्हाल्नु भएको थियो । साथै, उहाँले प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्जको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । आँखामा हाल्दा पनि नबिझ्याउने डा. धिताल सेन्टरको नेतृत्वमा हुँदा जिल्लामा संगठनका सदस्य जता गएपनि ढुक्क हुने वातावरण थियो भन्दै उहाँलाई हरपल सम्झिने गरेको प्रेस सेन्टर नेपाल बाँके जिल्ला उपाध्यक्ष केपी घिमिरे बताउनु हुन्छ । बि.सं. २०७३ सालमा डा. धितालले प्रेस सेन्टर बाँकेको अध्यक्षको नेतृत्व लिदा सेन्टरका सदस्यहरुको संख्यात्मक वृद्धि, सदस्यहरुको गुणस्तरमा वृद्धि गर्न विभिन्न तालिमको आयोजना गरि प्रशिक्षण दिने लगायत काम गरेको प्रेस सेन्टर बाँकेका पुर्व सहसचिव तिलक सिलवालले बताउनु भयो । तत्कालीन समयमा सेन्टरका सदस्य पत्रकार महासंघमा १३ जना थिए भने डा. धिताल अध्यक्षबाट विदा हुँदा ८१ जना प्रेस सेन्टरका सदस्य पत्रकार महासंघ बाँकेका सदस्य भएको सेन्टरका लुम्बिनी प्रदेश पुर्व सचीव आलम खानले बताउनु भयो । प्रेस सेन्टर नेपालका केन्द्रीय पुर्व सचीव सिराज खान भन्नुहुन्छ, ´डा. धिताल भनेको असल संगठक हो । उहाँ हुँदा संगठन चुस्त र दुरुस्त थियो । उहाँको कार्यकालमा कुनै कुरामा खोट लगाउने बाटो थिएन ।`

डा. धितालको अनुभव र प्रतिभा केवल राष्ट्रिय सीमामा सीमित छैन। उहाँले भारत, चीन, दुबई, कोरिया, थाइल्यान्ड लगायतका देशहरूमा भ्रमण, अध्ययन र प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुनु भएको छ। उहाँको अन्तर्राष्ट्रिय सहभागिताले नेपाली पत्रकारिता र सामाजिक सेवामा नविन दृष्टिकोण थपेको छ । डा. धिताल बौद्धिक व्यक्तित्व भएकाले सेन्टरको गहना कै रुपमा लिन्छौ भन्दै डा. धिताल हामीसँग हुनु गर्व नै हो सेन्टरका जिल्ला सहसचिव सन्तोष बिष्टले बताउनु भयो ।

२०६४ सालदेखि जुम्ला सिँजाको भैरव माध्यमिक विद्यालयमा दृष्टिविहीन विद्यार्थीहरूको सेवा गर्दै आउनु भएका डा. धितालको यो योगदान अत्यन्तै गौरवपूर्ण छ। उहाँको सक्रियताले गर्दा दर्जनौं दृष्टिविहीन विद्यार्थीहरूले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरिसकेका छन्, भने धेरैजना शिक्षण पेशामा स्थापित भएका छन्। शारीरिक दृष्टिले अपांगता भएकाहरूमाझ उहाँले जुन नैतिक बल प्रदान गर्नुभएको छ, त्यो शब्दमा मात्र बयान गर्न सकिँदैन—यो कर्ममै देखिन्छ। ´हाम्रो भाग्यलाई नै परिवर्तन गरिदिनु भयो डा. धिताल सरले` दृष्टिविहीन शिक्षक दत्त बुढा बताउनु हुन्छ । बि.सं. २०७२ को भुकम्पको बेला डा. धितालले नेपाल पत्रकार महासंघको समन्वयमा सिन्धुपाल्चोक, काभ्रे र दोलखा लगायतका भुकम्प पीडितलाई करिव ५० लाख भन्दा बढीको खाद्यान्न, पानी, पाल, बिछ्याउने म्याट राहत स्वरुप हस्तान्तरण गरिएको थियो । सिन्धुपाल्चोकमा ५० घरमा खाने पानीका धारामा १ करोड खर्चगरेर भुकम्प पीडितहरुलाई राहत भएको पत्रकार तथा बिष्लेषक जनार्दन आचार्यले बताउनु भयो । डा. धिताल कै अगुवाईमा जाजरकोटका भुकम्प पीडितहरुलाई राहत स्वरुप १५ लाख बराबरको राहत वितरण गरेको थियो । यसरी डा. धितालले समाजमा गरेको सेवा उदाहरणीय भएको प्रत्यक्षदर्शी बुद्धिमान चौधरीले भावुक हुँदै बताउनु भयो ।

डा. धितालले ‘नयाँ जीवन’ नामक कथासंग्रह प्रकाशित गरिसक्नुभएको छ। साथै, कविता संग्रह र उपन्यास प्रकाशनको तयारीमा भएको डा. धितालले बताउनु भयो । उहाँको साहित्यिक सिर्जनामा समाजको भोगाइ, पीडा, आशा र संवेदना प्रतिबिम्बित हुन्छ । साहित्य मार्फत पनि उहाँले समाज प्रतिको उत्तरदायित्व निर्वाह गरिरहनु भएको छ। भने उहाँले लेख्नु भएका कथामा दुई वटा चलचित्र पनि निर्माण भएका छन् । बटुवा र विछोड नामक चलचित्र बजारमा रहेको चलचित्र निर्देशका डा. प्रकाश बसेलले बताउनु भयो ।

नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको सदस्य भएर सर्वसाधारणको सेवा गर्नुभएका डा. धितालको समर्पण बहुआयामिक छ । शिक्षा, संचार, साहित्य र स्वास्थ्य जस्ता मूलभूत क्षेत्रमा उहाँको सक्रियताले समाज सेवाको जीवित उदाहरणको फेरिहस्त पेस गरेको छ । उहाँमा पन पक्ष छैन अस्पतालका सेवा लिन आउनुभएका सेवाग्राही कुशबहादुर मल्लले बताउनु भयो । डा. धितालले गर्न सक्ने सहयोग जसरी र जुनसुकै अवस्थामा पनि गर्नुहुन्छ भन्दै अस्पतालका एक कर्मचारी श्याम चौधरीले प्रशंसा गर्नुभयो ।

उहाँलाई नजिकबाट चिनेका मानिसहरू भन्छन्: “डा. धिताल दुखी–गरिब, असहाय र पीडितको समस्यामा सधैं साथ दिने व्यक्ति हुनुहुन्छ।” उहाँलाई ‘समाजको ऐना’ मात्र नभई, समाजको घाम भन्नु उपयुक्त हुन्छ । ´उहाँ जहाँ-जहाँ पुग्नुहुन्छ, त्यहाँ उज्यालो फैलाउँनु हुन्छ ।`समाजसेवी राजकुमारी चौधरीले बताउनु भयो ।

डा. धिताल को जीवन कुनै एक क्षेत्रमा सीमित छैन। उहाँ एकै साथ बौद्धिक, सृजनशील, सेवाभावी र संगठक हुनुहुन्छ । उहाँको नाम नेपाली पत्रकारिता, सामाजिक परिवर्तन र मानव सेवाको उज्यालो अनुहार हो । उहाँ जस्ता व्यक्तित्वको कहानी लेखिएर मात्र होइन, जीएर देखाउनु पर्ने उदाहरण हो । शुभबिहानी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x