३२ असार २०८३, बिहीबार

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनको अन्तरिम आदेश

एसीपी संवाददाता

५ असार २०८२, बिहीबार १९:३५ मा प्रकाशित

काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ ।

बिहीबार अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यो आदेश दिएको हो । यससँगै अब पाठकले हालेको मुद्दा नटुङ्गिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न नपाउने भएको छ ।

पाठकले काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी बनाएको भिडियो रिपोर्टका विरुद्ध परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x