३२ असार २०८३, बिहीबार

पाकिस्तानी जेहादी आतंकवाद र नेपालको सुरक्षा चुनौती” विषयक कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

६ असार २०८२, शुक्रबार २१:०१ मा प्रकाशित

नेपालगंज । राष्ट्रिय एकता अभियानद्वारा नेपालगंजमा आयोजित “पाकिस्तानी जेहादी आतंकवाद र नेपालको सुरक्षा चुनौती” विषयक बहस कार्यक्रममा वक्ताहरुले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समूहहरूले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले पाकिस्तानी आतंककारी गतिविधि विरुद्ध नेपाल सतर्क रहनु पर्ने आबाश्यकतामा जोड दिए ।प्रमुख वक्ताहरु , रास्टिय एकता अभियानका संगठन महामंत्री हर्क स्वार एबम केंद्रीय सदस्य बम बहादुर शाही, पार्वती अर्यालले आतंकवादका बदलिँदो रूप र त्यसको क्षेत्रीय प्रभावबारे धारणा राखे।
वक्ताहरुले सन् १९८० को दशकदेखि नै पाकिस्तानको गुप्तचर संस्था आईएसआई ले भारतको कश्मीरमा आतंक फैलाउन नेपालभित्र घुसपैठ र आर्थिक, धार्मिक नेटवर्कको निर्माण गरेको प्रमाणसहित चर्चा गरे। नेपाल भारत खुला सीमाको दुरुपयोग गर्दै पाकिस्तानी आतंकी सञ्जालले नेपालको धर्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय छवि माथि प्रश्न खडा गरिरहेको उनीहरूको ठहर थियो।
“नेपालमा आतंकवादको स्थायी शृङ्खला नबनाओस् भन्ने हाम्रो साझा जिम्मेवारी हो,” कार्यक्रमका प्रमुख अतिथि यादवले भने, “अब हामीले खुल्ला रूपमा विश्व समुदाय सामु आवाज उठाउनु पर्छ कि नेपाल पाकिस्तानी आतंकको भुँइचालो बन्ने छैन।”
उनले आतंककारी अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकलजस्ता कुख्यात आतङ्ककारीले नेपाललाई लुक्ने, योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षाविहीन स्थल बनाएको ऐतिहासिक घटनाहरू स्मरण गराए। नेपाल प्रहरीले यिनलाई पक्राउ गरे पनि नेपालभित्र यस्तो आतंकी उपस्थिति हुनु नै राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती भएको यादवको तर्क थियो।
कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदीप नेउपानेको हत्या पाकिस्तान–प्रेरित आतंकवादको एक नमूना भएको टिप्पणी गरे। “यो एक दुर्घटना मात्र होइन, पाकिस्तानको आतंकवादले नेपालका युवालाई कस्तो प्रकारको खतरा दिन सक्छ भन्ने चेतावनी पनि हो,” विनय यादवले भने।

बक्ता एबम महामंत्री स्वारले भने, “अब हाम्रो कूटनीतिक नीति स्पष्ट हुनुपर्छ – नेपाल कुनै पनि आतंकवादी संगठनको लुकाउने भूमिमा परिणत हुने छैन।” उनले नेपाल–भारत सम्बन्धमा असहजता ल्याउने उद्देश्यले पाकिस्तानले लगातार नेपाल प्रयोग गर्ने रणनीति अपनाएको बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, “सार्कको निष्क्रियता र पाकिस्तानकै कारण क्षेत्रीय एकता संकटमा परेको छ। सार्क आज पाकिस्तानले आतंकवादको राजनीति गर्दा कोमामा पुगेको संस्था बनेको छ।”
विनय यादवले थपे, “पाकिस्तानी आतङ्ककारी प्रवृत्तिविरुद्ध अब नेपाल पनि स्पष्ट पक्षमा उभिनुपर्छ। यसका लागि सञ्चारकर्मी, नागरिक समाज, सरकार र सुरक्षा निकायले एकजुट भएर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।”
कार्यक्रम स्थानीय वरिष्ठ समाजसेवी जगदीश शुक्लाको अध्यक्षतामा भएको थियो भने , अभियानका राजकुमार रौनियार यादव सेवा केंद्रका अध्यक्ष सूर्यलाल यादव , पत्रकार आशीष गुप्ता, क़ानूनविद अधिवक्ता रामकुमार दीक्षित,भरत विस्वकर्मा लगायत पत्रकार, सुरक्षा विश्लेषक, अनुसन्धानकर्ता, पूर्व अधिकारी, राजनीतिक विश्लेषक तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x