नेपालगञ्ज वडा नं ८ मा २ दिने धूप बनाउने सीप मुलक तालिम शुरु
बिकास खडका , नेपालगञ्ज – नेपालगञ्ज उप-महानगरपलिका वडा नं ८ मा २ दिने सुगन्धित धूप बनाउने सीप मुलक कार्यक्रम शुरू भएको छ । 
नेपालगञ्ज उप-महानगरपलिका वडा नं ८ को आर्थीक सहयोग र महिला जागृति सेल बाँकेको आयोजनामा वडा नम्बर ८ को महिलाहरूलाई सुगन्धित धूप बनाउने सीप मुलक कार्यक्रमआज शनिबार देखि शुरू भएको हो । 
कार्यक्रम असार ७ र ८ गते देखि नेपालगञ्ज वडा नम्बर ८ रानी तलाव नजिक महेन्द्र पुस्तकालय मा सुगन्धित धूप बनाउने सीप मुलक कार्यक्रम सञ्चालन भएको हो । 
कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रजनीश वाजपेयी र विशिष्ट अतिथि राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रापा) का केन्द्रिय सदस्य तथा नेपालगञ्ज उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष नन्द लाल वैश्य र महिला जागृति सेल बाँकेको अध्यक्ष लक्ष्मी श्रेष्ठ , नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ को सचिव शान्ता घर्ती , महिला जागृति सेल संस्था बाँकेका आजीवन सदस्य विन्दु चर्ती मागर , पत्रकार रिसब सिंह बाडिया लगायत काे उपस्थिति रहेको थियो ।


