३२ असार २०८३, बिहीबार

एकीकृत समाजवादी , दोश्रो कोहलपुर नगर अधिवेशन सम्पन्न

एसीपी संवाददाता

७ असार २०८२, शनिबार २३:११ मा प्रकाशित

बाँके। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), दोश्रो कोहलपुर नगर अधिवेशन सम्पन्न भएको छ।

शनिबार कोहलपुर नगर कमिटी अध्यक्ष शिव डाँगीको अध्यक्षता, नगर कमिटी सचिव तेजप्रसाद अधिकारीको सञ्चालन तथा पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनले प्रेमिका शाहीको अध्यक्षतामा नयाँ नगर कमिटी गठन गरेको छ।

त्यस्तै अधिवेशनमा पार्टीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, पार्टी केन्द्रीय सदस्यद्वय कृष्ण बिसी र नारायणी वली, केन्द्रिय निकायका सदस्यहरु, बाँके जिल्ला कमिटी अध्यक्ष दिपक जि एम, बर्दिया जिल्ला कमिटी अध्यक्ष बखत खड्का, प्रदेश कमिटीका सदस्य कमरेडहरू, जिल्लाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x