३२ असार २०८३, बिहीबार

भारतको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार, परराष्ट्रमन्त्रीको सक्रियतामा कारबाही अघि बढ्यो

एसीपी संवाददाता

८ असार २०८२, आईतवार १२:२६ मा प्रकाशित

विदेशमा रोजगारीको सपना देखेर भारत पुगेका ३५ जना नेपाली युवाहरू उत्तराखण्डको काशिपुरमा बन्धक बनाएर यातना दिइएको खुलासा भएपछि परराष्ट्र मन्त्रालयको सक्रियतामा उनीहरूको उद्धार गरिएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाको निर्देशनमा दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माको पहलमा असार ५ गते उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहकार्यमा उनीहरूलाई मुक्त गरिएको हो।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार ती युवाहरूलाई आकर्षक रोजगारीको झुटो प्रलोभन देखाएर भारत लगिएको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा राखी कुटपिट, मानसिक यातना र जबर्जस्ती रकम असुली गरिएको बताइएको छ। घटनामा संलग्न केही व्यक्तिहरूलाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ भने अन्य स्थानमा रहेका नेपालीहरूको खोजी र उद्धार कार्य जारी छ।

यस प्रकारको घटनाले विदेशमा नेपालीहरू कस्ता जोखिममा पर्छन् भन्ने वास्तविकता फेरि एकपटक उजागर गरेको छ। उद्धार गरिएका युवाहरूलाई कानुनी प्रक्रिया सम्पन्न भएपछि नेपाल फर्काइने बताइएको छ। सरकारले नेपाली श्रमिकहरूको सुरक्षाका लागि थप कूटनीतिक सतर्कता अपनाउनुपर्ने आवश्यकता यस घटनाले देखाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x