४ असार २०८३, बिहीबार

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई : ‘हम्बन्टोटा मोडेल’तर्फ लैजाने राष्ट्रघाती षडयन्त्र;,हुन लागेकै हो ?

एसीपी संवाददाता

१९ असार २०८२, बिहीबार १०:३६ मा प्रकाशित

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई : ‘हम्बन्टोटा मोडेल’तर्फ लैजाने राष्ट्रघाती षडयन्त्र;,हुन लागेकै हो ?

नेपालको गौरवमय सम्पदा र जनताको अथाह योगदानमा बनेका पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरू हाल अन्तर्राष्ट्रिय पीपीपी टेन्डरको नाममा लिजमा दिइने षड्यन्त्र चलिरहेको कुरा सुनिन आएको छ। यो प्रक्रिया यदि चीनलाई लक्षित गरेर गरिँदैछ भने, यसलाई श्रीलंकाको हम्बन्टोटा बन्दरगाहको दु:खद उदाहरणसँग तुलना नगरी सुख छैन।
यी विमानस्थलहरूमा केवल नेपाल र चीनबीचको आर्थिक सहकार्य मात्र होइन, यहाँको स्थानीय जनताको खर्बौं मूल्य बराबरको जमिन, पसिना, सपना र आशा लगानी गरिएको छ। यदि लिजको बहानामा यी संरचना विदेशी शक्ति—विशेषगरी चीन—को हातमा सुम्पिने कार्य भयो भने, यसले न केवल स्थानीय जनताको आत्मसम्मानमाथि प्रहार गर्नेछ, तर नेपालको सार्वभौमिकतामै गम्भीर प्रश्न खडा हुनेछ।
हाम्रो भूमि, हाम्रै लगानी, हाम्रै मेहनतमा बनेको पूर्वाधार विदेशी कम्पनीको नियन्त्रणमा जानु भनेको स्वाधीनताको चीरहरण हो। पोखरा र भैरहवाका जनतालाई यस विषयमा स्पष्ट जानकारी दिनु सरकारको कर्तव्य हो। अन्धकारमा लुकेको कुनै पनि सम्झौता स्वीकार्य हुन सक्दैन।
श्रीलंकाले हम्बन्टोटा गुमाएको छ, नेपालले पोखरा र भैरहवा गुमाउन दिन्न भन्दै राष्ट्रिय एकता अभियान का अध्यक्ष बिनय यादबले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x