२० श्रावण २०८३, बुधबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार घानाको सर्वोच्च सम्मान

एसीपी संवाददाता

१९ असार २०८२, बिहीबार १०:४८ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुधबार घानाको सर्वोच्च सम्मान ’द अफिसर अफ द अर्डर अफ द स्टार अफ घाना’ द्वारा सम्मानित गरिएको छ। यससँगै भारत र घानाबीच चार वटा फरक–फरक समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ।

सर्वोच्च सम्मान प्राप्त भएपछि प्रधानमन्त्री मोदीले घानाबाट सम्मानित हुनु आफ्नो लागि गर्वको कुरा भएको बताए। यसअघि उनले घानाका राष्ट्रपति जोन महामासँग संयुक्त वक्तव्य पनि जारी गरेका थिए। मोदीले भने, ‘भारत र घाना दुवै आतंकवादलाई मानवताका लागि खतरा मान्छन् र यसविरुद्ध सँगै मिलेर काम गर्ने छन्।’

मोदीले थपे, ‘यो समय युद्धको होइन, संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने समय हो।’

मोदी दुवै देश संयुक्त राष्ट्रसंघमा सुधारको पक्षमा छन्। साथै, पश्चिम एशिया र युरोपमा चलिरहेको द्वन्द्वप्रति चिन्ता पनि उनले व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले भने, ‘भारत र घानाबीचको व्यापार २५ हजार करोड रुपैयाँ नाघिसकेको छ र आगामी ५ वर्षमा यसलाई दोब्बर बनाउने लक्ष्य राखिएको छ।

उनले घानाका राष्ट्रपति जोन महामालाई भारत भ्रमणको निमन्त्रणा पनि दिएका छन्। नागरिकन्युज / एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x