जय श्री राम शक्ति दल केन्द्र लाठी समितिको उद्द्घाटन कार्यक्रम सम्पन्न
रिसभ सिंह बाडिया , नेपालगन्ज – नेपालगन्जमा मंगलवार जय श्री राम स्पोर्टस क्लब द्वारा संचालित जय श्री राम शक्ति दल केन्द्र लाठी समितिको उद्द्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका ८ रानी तलाव स्थित काली माता मन्दिरमा जय श्री राम शक्ति दल केन्द्रले आज देखि आफ्नो प्रशिक्षण कार्यक्रम शुरु गरेको हो ।
मध्य तथा सुदुरपस्चिम को मुख्य केन्द्र रहेको बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा हरेक बर्ष दुर्गा पुजा विशेष हुने गरेको छ । लठ्ठी खेलाउने परम्पराले हरेक बर्ष झै यश बर्ष पनि लठ्ठी खेलाउने र प्रदर्शन गर्ने क्लबका अध्यक्ष सुजित कुमार कसौधनले जानकारी दिनुभयो ।
कार्यक्रममा जय श्री राम शक्ति दल केन्द्रका अध्यक्ष सुजित कुमार कसौधन , निर्वतमान अध्यक्ष राज कुमार वैश्य , संस्थापक प्रमुख तथा प्रशिक्षक राज कुमार आर्य , जय माँ ज्वाला शक्ति केन्द्र लाठी समितिका अध्यक्ष गौरब कनोजिय , नेपालगन्ज उमहानगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा जय श्री राम शक्ति दल केन्द्रका पूर्व खेलाडी निखिल वैश्य र वडा नम्बर ११ का वडा सदस्य राजेश वैश्य लगायत नेपालगन्जको विभिन्न क्लबका सदस्य र सम्पूर्ण खेलाडीहरु को उपस्थिति रहेको थियो ।
साथै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडा सदस्य निखिल वैश्यले मन्तब्य राख्दै भन्नुभयो क्लबका खेलाडीहरुले लाठी खेल्दा चोटपटक , दुघर्टना भएमा क्लबका खेलाडीहरु को ५० हजार देखि १ लाख सम्मको विमा वडा कार्यालयको सहयाेगमा गराइदिने भन्नु भयो । साथै वडा नम्बर ११ का वडा सदस्य बैश्यले तन मन धनले साथ र सहयोग गर्ने वाचा समेत गर्नु भयो ।
सोही कार्यक्रममा पत्रकार नन्दलाल साहू , महेन्द्र सिंह , विशाल गुप्ता , रिसब सिंह बाडिया सहित १५ भन्दा बढी पूर्व लाठी खेलाडी र अग्रजहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन हिमान्शु गुप्ताले गरेका थिए। उनले लाठी खेलको महत्वमाथि प्रकाश पार्दै खेलाडीहरूलाई बधाई र शुभकामना दिए।




