३२ असार २०८३, बिहीबार
सभामुख सापकोटालाई भारतीय कार्यबाहक राजदूत अजय कुमारको बधाई
माघ १५,एजेन्सी — सभामुख अग्निप्रसाद सापकोटालाई नेपालका लागि भारतीय कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा शुभकामना दिएका छन् । बुधबार सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्दै कुमारले बधाई तथा शुभकामना दिएका हुन् । सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।भेटमा कार्यबाहक राजदूत कुमारले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक उपहार दिएका थिए ।यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।
Subscribe
Login
0 Comments


