३१ असार २०८३, बुधबार

बुद्ध शान्तिकाे १४औं बार्षिकाेत्सव रामबहादुर गन्धर्व

एसीपी संवाददाता

२९ चैत्र २०८२, आईतवार १९:०२ मा प्रकाशित

कपिलवस्तु – कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका -९ कु्स्मा स्थित बुद्ध शान्ति आवशायीय बिद्यालय क.ब.काे १४औं बार्षिकाेत्सव तथा नतिजा प्रकाशन कार्यक्रम एक भब्य समारोहबीच सम्पन्न भएको छ। आइतबार आयोजित कार्यक्रमकाे प्याब्सन कपिलवस्तुकाे उपाध्यक्ष नन्दराम सनपकाेटाले उदघाटन गरे। कार्यक्रममा लुम्बिनी भिजन कलेजका लेक्चर तथा शैक्षिक ब्यक्तित्व मदन मल्लले बुद्ध शान्ति ईङ्गलिस स्कुल उत्कृष्ट बिद्यालयकाे रूपमा स्थापित भएको स्पष्ट पार्दै बिद्यार्थीहरू अंकमा मात्र नभई ब्यवहारमा पनि उत्कृष्ट हुनुपर्नेमा जाेड दिए। कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका टीकाराम पौडेलले बाेल्दै बिद्यालयकाे समग्र नतिजा राम्रो रहेको बिद्यालयका अभिभावक ,बिद्यार्थी ,शिक्षककर्मचारीहरूकाे मेहनतले बिद्यालयले सफलता हासिल गरेको बतउदै बालबच्चाकाे मनाेबिज्ञान बुझेर ब्यवहार गर्न आग्रह गरे । बिद्यालयका प्रचार्य नारायण प्रसाद पौडेलले २सय २५जना बिद्यार्थी रहेको जानकारी दिदै कार्यक्रमकाे बारेमा स्पष्ट पारे। साे अवसरमा बाेल्ने बक्ताहरूले बिद्यालयकाे क्रियाकलाप प्रति प्रशंसा गर्दै शैक्षिक प्रगतिको शुभकामना दिए। यसैबीच बिद्यालयले पूर्व अध्ययनरत बिद्यार्थी प्रबिणा बस्याल लगायतका बिद्यार्थीहरूले विभिन्न ८वटा बिद्यालयबाट माध्यमिक शिक्षा परिक्षामा ४. जीपीए सहित उत्तीर्ण हुन सफल हुने बिद्यार्थीहरू सम्मान गरेको छ। जसमध्ये प्रबिणा बस्याललाई दाेसल्ला ओढाई नगद र प्रशंसापत्रले सम्मान गरेको थियो । त्यस्तै बिद्यालयले आफ्ना बालबालिकालाई पौष्टिक ,स्वास्थ्य खाना खुवाउने अभिभावक ,विभिन्न बिदामा ,अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरूलाई मेडल,टप ,शैक्षिक सामग्री ,सरसफाइका सामग्री प्रदान गर्दै सम्मान गरेको थियो । स्थानीय समाजसेवी ,पुर्व जनप्रतिनिधि ,अभिभावक ,शिक्षाप्रेमी,बिद्यार्थी ,पुर्व शिक्षक लगायतको सक्रि सहभागी रहेको उक्त कार्यक्रम बिद्यालयका सल्लाहकार सदस्य बालप्रसाद पौडेलकाे अध्यक्षता शिक्षिका अमृता पाेख्रेलकाे स्वागत र लक्ष्मी पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x