१४ जेष्ठ २०८३, बिहीबार
सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ९७ , जित सुनिश्चित
इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यो जितले राजस्थानलाई फाइनल नजिक पुर्याएको छ । पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटनसँग राजस्थानले अब दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी टिमले फाइनलमा आरसिबीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
इलिमिनेटर खेलको पहिलो इनिङ्समा राजस्थान रोयल्सले आक्रामक सुरुवात गर्दै ९ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।
यस क्रममा वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाएर आउट भए । उनले २९ बलको सामना गर्दा १२ वटा त छक्का हान्दै सहज जित हासिल पारे ।
Subscribe
Login
0 Comments



