२१ जेष्ठ २०८३, बिहीबार

परराष्ट्रमन्त्री खनाल रास्वपा सभापति लामिछाने स्वदेश फर्किए लगत्तै भारत जाँदै

एसीपी संवाददाता

२१ जेष्ठ २०८३, बिहीबार ०९:०८ मा प्रकाशित

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै भारत भ्रमणमा जाने हुनुभएको छ ।

उहाँको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने मन्त्रालयले जनाएकाे हाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधबार भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ । तर मिति भने टुङ्गो लाग्न बाँकी रहेकाे छ ।

रास्वपा सभापति लामिछाने भने शुक्रबार दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेकाे रास्वपाले जनाएकाे हाे । सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा भन्दा बढी समयसम्म भेटवार्ता गर्नुभएको थियो । उहाँले मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग भेटवार्ता भएको थियो ।

सभापति लामिछाने फर्किएपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने तयारी भएको हो । परराष्ट्रमन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुने भएकाे छ ।ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x